पोखरा। ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषदसगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।
रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए । पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिए ।
महोत्सवमा स्वदेशी र विदेशी पर्यटकको सहभागीता जनाउने बताए । उनले कृषि पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे । कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता उनले जानकारी दिए ।
पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखराको हल्लनचोक देखि पामे ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन