श्यामशितल परियार, लमजुङ : स्वस्थ जीवनशैली अपनाउनका लागि सरोकारवालाहरुले ८ प्रतिवद्धता व्यक्त गरेका छन् । स्वास्थ्य कार्यालय लमजुङको आयोजना एवम् सुन्दरबजार नगरपालिका, स्वास्थ्य शाखाको समन्वयमा सुन्दरबजारमा आयोजित ‘मेरो वर्ष अभियान स्वास्थ्य सचेतना’ सम्वन्धि अभिमुखीकरण कार्यक्रममा सहभागी विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवसायी र सञ्चारकर्मीहरुले प्रतिवद्धता गरेका हुन् ।
सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेयले ‘म तनावरहित जीवनशैलीलाई आत्मासत गर्छु’, ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढै रहन्छु’, ‘म नियमित व्यायाम गर्छु’, म स्वस्थ र पोषिलो खाना खान्छु’, ‘म नियमित स्वास्थ्य परीक्षण गराउँछु’, ‘म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु’, ‘म ट्राफिक नियम पालना गर्छु’ र ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ लगायतको ८ प्रतिवद्धता पढेर सुनाएका थिए ।
संगसंगै सहभागीहरुले पनि छातीमा हात राखेर सो प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले सबैलाई आग्रह गरे । स्वस्थ जीवन जिउनका लागि खानपिनका साथै दिनचार्यलाई व्यवस्थित गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।
प्रतिवद्धता व्यवहारमा उतारे जीवनशैलीमा सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर र दीर्घ श्वासप्रशवास रोग जस्ता नसर्ने रोगहरु लाग्ने जोखिम कम हुने, यी रोगहरुको प्रारम्भिक चरणमै पहिचान तथा उपचार गर्न सकिने, भविष्यमा विकाराल रुप लिन सक्ने रोगहरुबाट बच्न सकिने साथै ती रोगहरुको उपचारमा लाग्ने आर्थिक भार कम हुने, व्यक्ति, परिवार र समुदाय स्वस्थ, सुखी खुशी भई समृद्ध हुने बताइएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख केशवप्रसाद चापागाइँले ‘मेरो वर्ष अभियान’का बारेमा जानकारी गराए । कार्यक्रममा कृषि क्याम्पसमा सहायक प्राध्यापक कृष्णबहादुर कार्की, सुन्दरबजार अस्पतालका प्रमुख डा. संगिता रानाभाट, जिल्ला सामुदायिक अस्पताल लमजुङका हेल्थ अफिसर सपना पन्त, कर्मदा हस्पिटलका सञ्चालक रामचन्द्र अधिकारी, लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाइका अध्यक्ष सोमबहादुर न्यौपाने लगायत सरारकोवालाको सहभागिता रहेका थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो