पोखरा । पोखरा महानगरपालिका वडा न. ९ नयाँबजारबाट सेवा प्रवाह गरिरहेको रहेको कर्मचारी सञ्चय कोष कार्यालय असार १ गतेदेखि पोखरा–१७, बिरौटामा सरेको छ । नयाँबजारमा रहेको भवन पुरानो भएकोले अत्याधुनिक सुविधासहितको भवन तयार पारी बिरौटामा कार्यालय सारिएको कार्यालय प्रमुख दिलिपराज पौडेलले जानकारी दिए ।
कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्तालाई उपलब्ध गराइने सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउदै जाने नीति अनुरुप वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा स्थापना भएको उक्त शाखाले गण्डकी प्रदेशको गण्डकी र धौलागिरी अञ्चलमा रहेका १० जिल्लाहरुलाई समेटेको छ । कार्यालयले कोषकट्टी एवम् विशेष सापटीको फाँटवारी संकलन, जम्मा रकमको ८० प्रतिशतसम्म विशेष सापटी, धितोमूलक सापटीहरुमा घर सापटीतर्फ वढिमा १ करोडसम्म, शैक्षिक सापटीतर्फ १० देखि २५ लाखसम्म, घर मर्मत सापटी तर्फ वढिमा २५ लाखसम्म प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरी, सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षा सुविधाहरु अन्र्तगत दुर्घटना क्षतिपुर्ति योजनातर्फ बढीमा २ लाखसम्म, संचयकर्ताको मृत्यु भएमा हकवालालाई काजक्रिया खर्च ४० हजार अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गत ७ हजार पाँच सय यस शाखाबाट उपलब्ध गराउदै आएको प्रमुखले वताए । उल्लेखित सेवा प्रवाहका अतिरिक्त खाता एकिकरण, निजी क्षेत्रका होटल, सहकारी, लघु वित्त लगायतका संचयकर्ताको कोष कट्टि रकमको फाँटवारी प्रविष्ट तथा व्यवस्थापनको कार्य समेत गर्दै आएको छ ।
कोषले सामाजिक सुरक्षणको अवधारण अनुरुप आफ्ना सञ्चयकर्ताहरुलाई विभिन्न सेवा सुविधा विस्तार गर्ने क्रममा राष्ट्रिय वीमा कम्पनीसंग मिति २०७५ मंसिर १ गतेदेखी लागू हुने गरी स्वास्थ्य वीमाको लागि सम्झौता गरि सकेको छ । उक्त सम्झौता अनुसार कोषका सञ्चयकर्ताहरुको लागि सामान्य उपचार १ लाख र घातक रोग उपचारको लागि १० लाखसम्मको वीमा सुविधाको व्यवस्था गरेको पौडेलले वताए । साथै, उनले शल्यक्रिया मार्फत प्रसुति भएको अवस्थामा वढीमा ४ हजार ५ सय सम्म पाउन सक्ने व्यवस्था वताए ।
कोषको दुरदृष्टि र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि सञ्चयकर्ताहरुका लागि प्रवाह गर्ने सेवा तथा सुविधालाई सहज, सरल र प्रभाबकारी बनाउन सदैब प्रयत्नशील रही आएको वताउँदै सञ्चयकर्ताहरुको अभिलेख विवरण अध्यावधिक गर्नको लागि ग्राहक पहिचान फारम अपडेट सुरु गरिसकेको हुँदा अनिवार्य रुपमा भर्नुपर्ने प्रमुख पौडेलले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो