पोखरा । विगत लामो समयदेखि सामाजीक कार्य गर्दै आएका दारी ग्याङ पोखराका टोलीले शनिवार (आज) फेवाताल सरसफाई गरेका छन् । फेवातालमा हाल मेसिनमार्फत सरसफाई हुने गरेपनि मेसिन नपुग्ने ठाउँमा दारी ग्याङले सफाई कार्यक्रम गरेका हुन् ।


कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर तथा दारी ग्याङका संयोजक बसन्त पहारीद्धारा दारी ग्याङकै क्रियाशिल सदस्य महेन्द्र पहारीलाई जलकुम्भी झार प्रदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।


सामाजिक संजालद्धारा स्थापीत उक्त समूहले यसअघि पनि अन्य विभिन्न सामाजीक कार्य सँगै फेवातलको जलकुम्भी झार निकाल्ने कार्य गरेको थियो । हाल मेसिनमार्फत फेवाताल सफाई कार्य भैरहेको भएतापनि मेसिनले सफाई गर्न नमिल्ने स्थानमा सफाई कार्यक्रम गरिएको हो ।


आज सम्पन्न सफाई अभियानमा नेपाल स्काउट, धभ बचभ यलभ हामी गर्न सक्छौ सहयोगि हातहरु ,पहिलो पाइला नेपाल , स्काउट , लियो क्लब अफ पोखरा पिस चौतारी र दारी प्रेमीहरु लगाएत विभिन्न सामाजीक संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । साथै हल्लनचोक बोर्ट ब्यबसायी समितिले डुंगा तथा लाइफ ज्याकेट प्रदान गरि कार्यक्रमलाई सफल पार्न सहयोग गरेको थियो ।


जलकुम्भि सरसफाईका लागि ल्याईएको मेसिनको उचित प्रयोग गर्नुपर्ने साथै फेवाताललार्ई कुरुप हुनबाट जोगाउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पाहारीले जानकारी दिएका छन् ।


त्यस्तै कार्यक्रममा बोल्दै क्रियाशिल सदस्य महेन्द्र पहारीले फेवाताल सबैको साझा सम्पत्ती भएको र यसको संरक्षण प्रति सबैको दायित्व रहेको प्रष्ट पारेका छन् साथै जलकुम्भी झारको विषयमा महानगरलाई पनि दवाव दिइरहेको जानकारी उनले दिएका छन् । दारी ग्याङमा हालसम्म देशैभर गरि १ लाख ४ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन