अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको लागि फारम भर्ने सिलसिलामा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग ४० हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्ल मिली घुस मागेका अख्तियारको आरोप छ ।
हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितिय अपरेटर कुमार लामिछानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र मेट्रो ड्राइभिङ्ग स्कूलका संचालक खगेन्द्र प्रसाद काफ्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २ कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरूलाई जनही विगो ४० हजार सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम सजाय हुन मागदाबी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यातायात कार्यालय पोखराका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशर बहादुर राय मल्लले सेवाग्राहीको सवारीचालक अनुमतिपत्र जे२ वर्ग बनाईदिने गरी भ्रष्टाचारजन्य कार्यका लागि मतियारको भूमिका खेलेको प्रमाणित हुन आएको अख्तियारको दावी छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर भएको हुँदा निजहरूलाई जनही विगो ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम हुने सजायमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको उनले बताए ।dnanepal
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो