उत्तर अफ्रिकी मुलुक लिबिया आक्रमणमा मारिएका नेपाली लमजुङ जिल्ला बेसिशहर नगर पालिका–११ का २७ वर्षीय सन्तोष श्रेष्ठ भएको पत्ता लागेको छ । मानव तस्करहरुबाट अबैध रुपमा लिबिया पुर्याइएका सन्तोष बम आक्रमण परी गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो विद्रोही समूह द लिबियन नेशनल आर्मी एलएनएले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको थियो । सो आक्रमणमा परी ४४ जना आप्रवासी मारिएका थिए भने १४३ जना घाइते छन् ।
बेंशीसहर नगरपालिका ११ का सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठले छोरा सन्तोषलाई युरोपेली मुलुक माल्टा या इटाली भन्दै दलाललाई ६ लाख रुपैया पनि बुझाएका थिए । तर उनलाई अबैध ढंगले युरोप छिराउने प्रयास भैरहदा लिबिया आक्रमणमा परेर ज्यान गुमाए ।
कमाउने सपना बोकेर विदेसिएका सन्तोष उतै मारिएपछि परिवार पीडामा छ। छोराको जिउँदो अनुहार हेर्न नपाएका आमाबुवालाई शव आउला कि नआउला भन्ने पीर पनि छ।
माल्टा छिर्ने क्रममा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । उनीहरुलाई जहाँ थुनेर राखिएको थियो, त्यही सेन्टरमा बिद्रोहीले हवाई आक्रमण गर्दा यति ठुलो जनधनको क्षती भयो । हिरासतमा रहेका सन्तोषलाई पनि नेपाल पठाउन नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमलाई ट्राभल डकुमेन्ट पठाइसकेको थियो। तर उनी अब कहिले फर्कने छैनन् ।
त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो। यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।
त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’