लमजुङ र तनहुँको सिमानामा पर्ने नाउँदी खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुलले लमजुङको सुन्दरबजार नगरपालिका–२, मणिको बगैँचा मनकामना टोल हाँडेटार, र तनहुँको भानु नगरपालिका–११, मानेचोका बजारलाई जोडेको छ ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट २५ लाख ३५ हजार ६ सय ९६ रुपैयाँ ८० पैसा, सुन्दरबजार नगरपालिकाबाट १ लाख ७३ हजार ५ सय ५५ स्थानीय उपभोक्ताबाट ५७ हजार ८ सय ५० रुपैयाँ गरी कुल २७ लाख ६७ हजार ९७ रुपैयाँ २३ पैसामा पुल निर्माण गरिएको नाउँदी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका सचिव सुवासकुमार श्रेष्ठले बताए ।

उनका अनुसार पुलको लम्वाई २८ मिटर रहेको छ । पुलबाट हाँडेटार र मानेचौकाका गरी १ सय घरधुरी लाभान्वित हुनेछन् । २०७५ साल फागुन १५ गतेबाट सुरु भएको पुल निर्माण कार्य २०७६ जेठ ३२ गते सकिएको हो ।
नवनिर्मित पुलको बिहिबार जिल्ला समन्वय समिति(जिसस)लमजुङका प्रमुख लोकराज पाण्डेले रातो रिबन काटेर उद्घाटन गरे । पुल उद्घाटन गर्दै उनले पुल बनेसंगै स्थानीयको वर्षौदेखीको सपना पुरा भएको उल्लेख गरे । पुल भएसंगै अब लमजुङ र तनहुँका नागकिलाई आवतजावतमा सहज हुने उनले बताए ।

‘नाउँदीमा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या थियो । अब पुल बनेको छ । आवतजावतमा स्थानीयलाई सहज भएको छ,’ उनले भने । पुल बनेसंगै स्थानीय खुशी भएका छन् । पुल बनेसंगै विद्यालय, क्याम्पस आउन–जान विद्यार्थीलाई सहज भएको हाँडेटारका श्यामलाल श्रेष्ठले बताए ।

‘पुल नहुँदा किसान, विद्यार्थी, बिरामीलाई आतजावत गर्न समस्या थियो । पुल बनेसंगै अब ती समस्या समाधान भएको छ,’ खुशी हुँदै ६६ वर्षे श्रेष्ठले भने । विगतमा बर्खामा खोला बढ्दा खेतीपातीका लागि वारीपारी गर्न असहज भएकोमा अव त्यो समस्या हल भएको मानेचौकाका नारायणप्रसाद भट्टराईले बताए ।
‘कतिपय मानेचौकाका मानिसको जग्गा–जमिन हाँडेटारमा र हाँडेटारका मानिसको जग्गा– जमिन मानेचौकामा छ । बर्खामा खोला बढ्दा खेतीपातीका लागि आउन जानै समस्या हुन्थ्यो,’ उनले दोहो¥याए ‘अब वारीपारी जोड्ने पुल बनेको छ । ती समस्या समाधान भएको छ ।’
पुलको सार्वजनिक सुनुवाइ तथा उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको हो । पुल उद्घाटन सत्रमा बोल्दै सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, भानु नगरपालिका ११ का वडाअध्यक्ष तारानरेश पौडेल, सुन्दरबजार नगरपालिका, कार्यपालिका सदस्य शान्ता भुजेल, त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख रविन्द्र जोशी, टि.बि.एस.यु. आर.टि.ए.पि.का प्राविधिक अधिकृत गणेशकुमार जिरेल लगायतले बोल्दै पुलको उपयोगसंगै सहि ढंगले संरक्षण–संवद्र्धन गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’