किरण श्रेष्ठ, तनहुँ । तिघ्रे डन निस्तेज पार्ने योजनामा गण्डकी प्रदेश सरकार लागेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताए ।
सो कुरा उनले तनहुँको दमौलीमा सोमबारदेखि सुरु भएको ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बताएका हुन ।
हिजोको दिनमा जस्तै ठुला हात पाखुरा हुने तिघ्रेहरुले थर्काएर, धम्काएर, ठेक्कापट्टामा चन्दा उठाएर बाचौला भन्ने नसोचे हुने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताए ।
गण्डकी प्रदेश सरकार एउटा जिम्मेवार अनुशासित नागरिक निर्माण गर्ने योजनामा लागेको मन्त्री चुमानले बताए ।
‘अब हल्लिएर खान पाउने जमाना गए’, मन्त्री चुमानले भने ‘सिप र क्षमताको विकास गरेर अनुशासित भएर मात्रै अब देशको सेवा गर्न सकिन्छ ।’
स्वास्थ्य र अनुशासित नागरिक बनाउन खेलकुद आवश्यक रहेको मन्त्री चुमानले बताए ।
जिल्ला स्तरीय प्रतियोगिताको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका थिए ।
पहिले खेलाडीहरु बाच्नका लागि के गर्ने भन्ने अवस्था रहेको र अहिले त्यस्तो अवस्थाबाट माथी उठिसकेको मन्त्री चुमानले बताए । गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई बिजयी हुने खेलाडी लाई प्रदेश सरकारले समेत सम्मान गर्ने मन्त्री चुमानले बताए ।
प्रदेश सरकारले अहिले हरेक पालिकामा १ खेलकुद मैदान निर्माण गर्न सम्बन्धित पालिका संग समन्वय गर्ने उनलेे बताए ।
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो । तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगिता २ दिनसम्म संञ्चालन हुने छ । प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।
जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए । त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ र गण्डकी प्रदेशका सांसद दोबाटे विक लगाएतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो