पोखरा । मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।
वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातायात अवरुद्ध भइरहेको छ ।
जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने सम्भावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आह्वान गरिएको सडक स्तरोन्नतिको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका परियोजना प्रबन्धक काशीराज बोहराले बताए । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अवस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उनले बताए ।
एउटा स्काभेटर तयारी अवस्थामा राखेर पहिरो हटाउने काम भइरहेको बोहराले जानकारी दिए । पहिरो जाने स्थान नजिकबाट झोबाङ हुँदै वैकल्पिक सडक रहेको छ ।सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभिर, आम्बोट र भ्याप्लेखोला नजिकको भिर, चुवा नजिकैका भिरमा पनि पहिरोको उच्च जोखिम छ ।
पहिरो गएको अवस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुश्मामा स्काभेटर तयारी अवस्थामा राखिएको लामा कन्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुसालले जानकारी दिए । गएको वर्ष पनि यी स्थानमा भारी वर्षा हुँदा पहिरो र लेदोका कारण पटक÷पटक सडक अवरुद्ध भएका थिए । रासस
फाइल तस्बिर: गुगलबाट
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’