लगातारको वर्षाका कारण कालीगण्डकी नदिले क्षति पुर्याउँदा अवरुद्ध भएको म्याग्दी — मुस्ताङ सडकखण्ड खुलेको छ । घोप्टेभिरमा खसेको पहिरोलाई करिडोर सडकमा काम गर्दै आईरहेको डोजर र ब्रेकर मेशिन तथा मजदुरले जोखिम मोलेरै लगातार सडक मर्मत गरेपछि सडक संञ्चालनमा आएकोहो । संसारकै गहिरो अन्धगल्छीको माथिल्लोपट्टी रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको थियो ।
अस्थायी रुपमा एकतर्फी सडक ट््याक खुल्ला भएको छ । अहिले म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको छ । सोमबार साँझ ५ बजेदेखि सडक खुलेको जनाइएको छ । अबिरल बर्षाले सडक नदी कटान तथा सडक १२ मिटर भासिएपछि शुक्रबार देखि मुस्ताङतर्फको यातायात सम्पर्क अवरुद्ध भएको थियो । सडक अवरुद्धले सवारी तथा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती पाएका थिए ।
अन्धगल्छीमा कालीगण्डकी नदीले कटान गरेपछि सडक भासिएर पहिरो खसेको हो । धौलागिरि र अन्नपूर्ण हिमालको खोंचमा छ हजार ९६७ मिटरको गहिराइमा बनेको ‘अन्धगल्छी’ संसारकै गहिरो गल्छी हो । यहाँ कालीगण्डकी नदी लुकेर बगेको छ । ठाउँठाउँमा पहिरो खस्ने र सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालक अझै त्रसित बनेका छन् । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट फर्कने यात्रु जोखिम मोलेर पैदल नै पहिरो पार गर्न बाध्य भए ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग