महेन्द्र जिसी, पर्वत । पर्वतको मोदी गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीबीच बेमेल बढेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीले विल भर्पाई लुकाएपछि गाउँपालिकाकी उपाध्यक्ष सेती महतले आर्थिक अपारदर्शिता बढेको बताएकी छन् ।
मोदी गाउँपालिकाले गत आवमा ३७ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरी कार्यान्वयन गरेको थियो । सोही बजेटबाट २४ लाख ४७ हजार रुपैयाँ कार्यालय सामान खरिदमा विनियोजन गरेको थियो । तर, सामान खरीदमा खर्चिएको रकमको बिलभर्पाइ कर्मचारीले लुकाएपछि उपाध्यक्ष महतले कर्मचारीप्रति आक्रोश व्यक्त गरेकी हुन् ।
उपाध्यक्ष महतले कर्मचारीहरु २० बर्ष अघिकै शैलीबाट चलेको भन्दै संघीयता असफल बन्ने कारण नै स्थानीय सरकारमा आर्थिक असफलताको पाटो रहेको बताईन् । उनले कर्मचारीको अटेरीका कारण जनप्रतिनिधीहरुले जनताका काम गर्न नसकेको गुनासो गरिन् ।
कर्मचारीहरु दुईदशक अघिको शैलीमा छन्, महतले भनिन्, ‘गाउँगाउँमा आएको सरकार र जनताको अपेक्षा दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।’ महतले आर्थिक अनुशासनमा जनप्रतिनीधि वेखवर हुँदा कर्मचारीको लापरवाही बढेको संकेत गर्दै कर्मचारीतन्त्रले जनप्रतिनीधि चलाउन खोजे देश नै असफल हुने बताईन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत समालेकी प्रशासकीय अधिकृतलले जानकारी नै नदिई कार्यालय बिदामा बस्ने गरेको कारण सेवा ग्रहीमा समेत समस्या हुने गरेको बताईन् ।
महतले कार्यापालिकाको निर्णय अनुसार कर्मचारीले विकास बजेटलाई सही रुपमा कार्यान्वयन गरेपनि कार्यालय सञ्चालनदेखि मसलन्द खर्चमा कर्मचारीप्रति जनप्रतिनिधिले शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको बताइन् । गाउँपालिकामा जनप्रतिनिधीले लगाएका तोकादेशलाई कर्मचारीले वेवास्ता गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा