तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार एक लाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ डहरे बस्ने वर्ष ५७ को बेल बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
२०७२ भदौ २४ गते शुक्लागण्डकी ८ डहरे बस्ने बर्ष ३७ को हर्ष बहादुर कुमाललाई सोही बस्ने बेल बहादुर कुमालले ज्यान मार्ने मनसायले धारिलो हतियारले प्रहार गरेका थिए ।
टाउकोमा प्रहार गर्दा गम्भिर चोट लागि घाईते भएको घटना सम्बन्धमा तत्काल पिडित पक्षबाट जाहेरी दरखास्त लिई अनुसन्धान सम्पन्न भएको थियो ।
जिल्ला अदालत तनहुँमा पेश गर्दा २०७२ असोज १५ गतेको आदेशले कुमाल पुर्पक्षको लागि थुनामा गएको प्रहरीले जनाएको छ ।
पछि पुनरावेदन गरी छुटेकोमा जिल्ला अदालत तनहुँबाट २०७३ असार १९ गते फैसला हुँदा निज प्रतिवादीको हकमा ५ वर्ष कैद संजाय तोकिइएको थियो ।
तोकिएको कैद भुक्तान गर्न बाँकी रहि फरार नै रहेकोले खोजतलासको क्रममा शुक्रबार कुमालकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद भुक्तान गर्नको लागि कारागार कार्यालय तनहुँ पठाईएको प्रहरीले जानकारी दियो ।
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला