गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । आइतबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं – १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएका भारत हैदरावाद घर भएका बर्ष ६३ का प्रशन्न कुमारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रशन्न कुमार मन्दिर दर्शन गरेर फर्कंदै गरेकोमा जोमसोम आइपुग्दा अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि नजिकैको जिल्ला अस्पताल जोमसोम लगिएकोमा आज सोमबार अस्पतालबाट फर्कने क्रममा अस्पताल परिसरमै पुनः बेहोस भइ ढलेका थिए ।
बेहोस भइ ढलेका उनलाई तुरुन्तै उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग