पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ ।
पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल (१६० सीसी) र महिलातर्फ वर्ष खेलाडी घोषित फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई वीगो स्कूटर (११० सीसी) हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष बतासले गुरुङ र श्रेष्ठको खेल जीवनको अझ सफलताको कामना गरे । कार्यक्रम संचालन गर्दै बतास ब्रदर्शका प्रबन्धक सन्तोष पोखरेलले मञ्चसँगको सहकार्य रहीरहने बताए ।कार्यक्रममा मञ्च अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, कोषाध्यक्ष शशीकुमार पौडेल, सदस्य रोशन अधिकारी लगायतको उपस्थिति थियो ।

गत जेठ २४ मा पोखरा सभागृहमा भएको अवार्ड समारोहमा बक्सिङका चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो । यस्तै, वर्ष चर्चित खेलाडी सुटिङकी श्रेया केसी घोषित भएकी थिइन् ।उदियमान खेलाडी क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षक फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारेका थिए । वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने र वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला बास्केटबल संघ कास्की सम्मानित भएका थिए ।

यसैबीच, आइतबार नै सम्पन्न मञ्चको ११ औं बैठकले अवार्ड समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’