बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए ।
पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी पनि कम्युनिष्ट हुन्छ ?’
अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता संकटमा परेको र सरकार विदेशीको इशारामा चलेको भन्दै देश बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनुपर्नेमा जोड दिए । सरकार विदेशी शक्ति केन्द्रहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा रहेको र व्यापार घाटाले अर्थतन्त्र थिचिएको बताए ।
नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए । नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्ऽ र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’