काठमाडौं- रबि लामिछाने सहित ३ जनामाथि मुद्धा दर्ता भएकाे छ । जसकारण समर्थकहरू थप अान्दाेलित भएका छन् । अाइतबार साँझ प्रहरीसँग झडप भयाे भने दर्जनाैं अश्रुग्याँस र लाठी प्रहार भयाे । अवस्थालाई नियन्त्रणमा राख्न प्रशासन कडा बनेकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत साउन ३० गत पक्राउ परेका रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की रिहाइको माग गर्दै दिनहुँजसो प्रदर्शन हुन थालेपछि प्रशासनले आइतबार एक सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो।
न्याय निरुपण हुने स्थानमा नै गम्भीर असर पर्नेगरी हुलदंगा हुन थालेको भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको उल्लेख छ। जसअनुसार पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधित क्षेत्र लागू हुनेछ।
यसैगरी पश्चिममा पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म र उत्तरतर्फ बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन