पोखरा । पोखरा मिडिया कप अन्तरगत बुधबार भएको ‘महिला पत्रकार’ र ‘महिला सेलिब्रिटी’बीच भएको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी बनेको छ । १–० गोल अन्तरले कलाकारहरुले नतिजा आफ्नो पोल्टामा पारेका थिए ।
मैत्रीपूर्ण खेल खेल्नकै लागि अभिनेत्री सुरविना कार्की, सम्पदा बानियाँ र चर्चित युट्युबर तथा मोडल सोनिका रोकाया पोखरा आएका थिए । उनीहरुसँगै पोखराका चर्चित महिला कलाकारहरु मिलेर महिला पत्रकारहरुसँग फुटसल खेलेका थिए । महिला पत्रकार र सेलिब्रिटीबीच भएको प्रतिस्पर्धात्मक खेललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलको रुपमा आयोजकले प्रचार गरिरहेको थियो ।

खेल हेर्नका लागि बाहिरी दर्शकको पनि उल्लेख्य सहभागिता रहेको थियो । ‘खेल मैत्रीपूर्ण रह्यो । हामी कलाकारहरुसँग यसरी मिडिया कपको अवसर पारेर मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी छौँ । आगामी दिनमा पनि यस्तै अवसर आयोजकले जुटाओस् ।’ महिला पत्रकार समूहका क्याप्टेन सरिता तिमिल्सिना पंगेनीले भनिन् ।
यस्तै यता महिला पत्रकारहरुसँग खेल्न पाउँदा आफूहरु निकै खुशी भएको सेलिब्रिटीहरुले प्रतिक्रिया दिए । ‘निकै विशेष लाग्यो । पहिलोचोटी नै यस्तो प्रतियोगितामा सहभागिता लिएकी थिएँ । र, विजेता बन्न पनि पाईयो । यो सबै टिम स्पिरिट बाट मात्रै सम्भव थियो । यसले एकतामा बल हुन्छ भन्ने कुरा पनि अझै राम्रो सक्न सिक्न पाईयो ।’ अभिनेत्री सुरविना कार्कीले भनिन् ।

आयोजकले मैत्रीपूर्ण खेलमा सहभागी दुवै टीमलाई ट्रफि प्रदान गरेको थियो ।
https://www.facebook.com/Juksoncom/videos/648158442356215/
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’