कञ्चनपुर । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ। रविका विरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्या अभियोगमा मुछिएका दिलीप विष्टका दाइ खड्क विष्टले मुद्दा दर्ता गरेका हुन्।
विष्टले लामिछाने, टिभी च्यानल न्यूज २४ र निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसिविरुद्ध निवेदन दर्ता भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।
न्यूज २४ टेलिभिजनमा सञ्चालन हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला बर्खास्त प्रहरी नायव उपरीक्षक जिसीको अन्तर्वार्ता लिएर अदालतको मानहानी गरेको आरोप लगाउँदै निवेदन दर्ता भएको अवस्थीले बताए।
दर्ता गरिएको निवेदन सोमबार न्यायाधीशसमक्ष पेश गरिने उनले बताए। त्यसपछि अन्य प्रकिया अगाडि बढ्ने अवस्थीको भनाइ छ। लामिछाने पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पाँच लाख धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन्।यसैबीच उनीविरुद्ध कञ्चनपुरको अदालतमा मुद्दा परेको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’