कञ्चनपुर । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ। रविका विरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्या अभियोगमा मुछिएका दिलीप विष्टका दाइ खड्क विष्टले मुद्दा दर्ता गरेका हुन्।
विष्टले लामिछाने, टिभी च्यानल न्यूज २४ र निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसिविरुद्ध निवेदन दर्ता भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।
न्यूज २४ टेलिभिजनमा सञ्चालन हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला बर्खास्त प्रहरी नायव उपरीक्षक जिसीको अन्तर्वार्ता लिएर अदालतको मानहानी गरेको आरोप लगाउँदै निवेदन दर्ता भएको अवस्थीले बताए।
दर्ता गरिएको निवेदन सोमबार न्यायाधीशसमक्ष पेश गरिने उनले बताए। त्यसपछि अन्य प्रकिया अगाडि बढ्ने अवस्थीको भनाइ छ। लामिछाने पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पाँच लाख धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन्।यसैबीच उनीविरुद्ध कञ्चनपुरको अदालतमा मुद्दा परेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्