काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् ।
शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेटेर उनले मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र वार्षिक कार्यक्रमको योजनाका बारेमा जानकारी गराएका हुन्। शनिबार फेसबुकमा पोस्ट गर्दै उनले देउवालाई भेटेर भ्रमण वर्ष २०२० का बारेमा पनि जानकारी गराएको बताए।
‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ। त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, उनले फेसबुक स्टाटसमा लेखेका छन्।
यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ । यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् । मन्त्रीहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामबारे जानकारी दिने प्रचलन यसअघि नभएको प्रतिक्रियाहरु आएका छन् ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु