पोखरा । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनल खेलमा न्यू—डाईमण्ड र पुलिसले जित हासिल गर्दै उपाधिको लागि सोमबार प्रतिष्प्रर्धा गर्ने भएका छन् ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५—१८, २५—२० २५—१९ को सोझो सेटमा पराजित गर्दै फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू—डाइमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन ।
त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—११, २५—७, र २५—६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । फाइनल खेल भने सोमबार २ बजे पछि हुने बुद्धि खत्रीले बताए ।
उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू—डाईमण्ड तथा समुह बीको विजेता पुलिस बिरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।
शनिबार स्थगित भएको न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू—डाईमण्डलाई ३२—३०, २५—२२, १५—२५, २४—२६ र १५—५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—२१, २३—२५, २५—१७, २५—१९ मा पन्छाएको होे ।
पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५—२०, २५—१८, २५—१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१७, २०—२५, २५—२३ र २५—२१ को सेटमा पराजित गरेको हो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला