पोखरा । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनल खेलमा न्यू—डाईमण्ड र पुलिसले जित हासिल गर्दै उपाधिको लागि सोमबार प्रतिष्प्रर्धा गर्ने भएका छन् ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५—१८, २५—२० २५—१९ को सोझो सेटमा पराजित गर्दै फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू—डाइमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन ।
त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—११, २५—७, र २५—६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । फाइनल खेल भने सोमबार २ बजे पछि हुने बुद्धि खत्रीले बताए ।
उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू—डाईमण्ड तथा समुह बीको विजेता पुलिस बिरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।
शनिबार स्थगित भएको न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू—डाईमण्डलाई ३२—३०, २५—२२, १५—२५, २४—२६ र १५—५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—२१, २३—२५, २५—१७, २५—१९ मा पन्छाएको होे ।
पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५—२०, २५—१८, २५—१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१७, २०—२५, २५—२३ र २५—२१ को सेटमा पराजित गरेको हो ।
सम्बन्धित खबर
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग