एक सामुदायिक र एक संस्थागत गरी दुई वटा विद्यालय उत्कृष्ट विद्यालयको छनौटमा परेका हुन् । उत्कृष्ट बन्नेमा सामुदायिकतर्फ अमरसिंह मा.वि र संस्थागत तर्फ एस ओ एस हर्मन माईनर रहेका छन् ।
शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्नेछ । यसरी उत्कृष्ट बन्नेमा कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी देशभरका १२ विद्यालय रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
जस अनुसार ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अन्तर्गत कक्षा १२ सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यस्तै सोही समूह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र काठमाडौं माईतीघरको सेण्ट जेभिष्सै कलेज तृतीय भएका छन् ।
यसैगरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
सामुदायिक र संस्थागत दुवै तर्फ उत्कृष्ट बनेका सबै विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने बताइएको छ ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’