नेपालकै अग्रणी निर्जीवन बिमा कम्पनी सिद्धार्थ ईन्स्योरेन्स र पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटल बिच स्वास्थ्य बिमा सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा ईन्स्योरेन्सको तर्फबाट रिजनल म्यानेजर सुनयना पालिखे र लेखनाथ सिटी हस्पिटलको तर्फबाट हस्पिटल अध्यक्ष सन्जय कार्कीले संयुक्त हस्ताक्षर गरेका हुन् ।
व्यक्तिगत स्वास्थ्य बिमा अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले सिद्धार्थ ईन्स्योरेन्स बाट स्वास्थ्य बिमा गरेपछि, हस्पिटल बाट क्यास लेस सुबिधा लिन सकिने कुरा सिद्धार्थ ईन्स्योरेन्स पोखरा शाखा प्रमुख गोबिन्द देबकोटाले बताउनु भयो । उक्त अबधी भित्र अकस्मात विरामी हुँदा लेखनाथ सिटि हस्पिटल वाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, औषधि, अपरेशन लगायतका उपचार निस्शुल्क प्राप्त गर्न सकिनेछ।
पोखरा र आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सहज सुबिधा प्रदान गर्नको लागि हस्पिटल आफैले सिद्धार्थ संगको सहकार्यमा स्वास्थ्य विमा शुरु गरेको निर्देशक सुजन रानाभाटले बताए ।
ईमर्जेन्सी सहित २५ शैया रहेको हस्पिटलले स्वास्थ्य विमा अभियानलाई शुरुमा स्थानीय हरुलाई प्राथमिकता दिदै लैजाने र पछि अन्य वडा हरुमा पनि विस्तार गर्ने लक्ष्य राखेको निर्देशक उदिपराज ढुङ्गानाले जानकारी दिएका हुन्।
हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरु सहित संचालित रहेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन