एउटा बैंकको एटिएम अर्को बैंकमा नचल्ने, हेर्नुहोस् कुन कुन बैंक ?

एउटा बैंकको एटिएम अर्को बैंकमा नचल्ने, हेर्नुहोस् कुन कुन बैंक ?

atm

काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) अन्तर्गतका एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने भएको छ । नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ।

गत शनिबार एकाएक नेप्सको नेटवर्कभित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्कभित्रकै बैंकबाट पैसा चोरी भएपछि नेप्सले यो कदम चालेको हो । नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् ।

अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक छन्। नेप्सको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक आबद्ध छन्। त्यस्तै विकास बैंकमा देव:, ज्योति, ओम, शाइन रेसुङ्गा, सांग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ