पोखरा । गण्डकी प्रदेश केन्द्रित रही पोखराबाट सञ्चालित ‘गण्डक न्यूज डटकम’ का सम्पादक रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी रेडियो बिग एफएम १०१.२ का स्टेशन म्यानेजरसमेत रहेका अधिकारीलाई शुक्रबार एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।
बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।
२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् । ५ वर्ष आदर्श समाज दैनिकका साथै गोलनेपाल डटकम, कास्की आवाज दैनिकमा समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।
पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार-२०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।
सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए । श्रमजीवि पत्रकारलाई यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे । मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?