लमजुङमा धान कुट्ने क्रममा मिलको फित्तामा बेरिएर सपना मिजार घाईते भएकी छिन् । बेसिशहर नगरपालिका ११ चिति मा रहेको धान कुट्ने मिलमा सोमबार सोही ठाउँकी ३० वर्षीय मिजारको सल फित्तामा बेरिन पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि घाईते भई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको प्रहरीले जनाएको । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
मिलमा फित्ता आसपास बस्नु हुँदैन । कपडामा अल्झिएर फित्ताले बेर्दा कतिको ज्यान गएको समाचारहरु आइरहन्छन् । डेढ वर्ष अघि रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर ३२ वर्षीया रामपतिया देवीको मृत्यु भएको थियो । जुन माथि तस्विरमा देख्न सक्छौं । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे थियो ।
मोटरसाइकल दुर्घटना
यस्तै, सोमबार बेसीशहर नगरपालिका २ मा भोटेओडारबाट बेसिशहरतर्फ जाँदै गरेको ग १४ प ८९१२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकमा पल्टिदाँ चालक लमजुङ कै दोर्दी गाउँपालिक १ बस्ने वर्ष २७ को दिपक अधिकारी घाईते भई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो