काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिरामी भएर अस्पतालमा भर्ना भएका कास्की कांग्रेसका सभापति कृष्ण केसीसँग भेट गरेका छन् । एको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पताल पेल्भिक डेर्मोइडको मेजर सर्जरी गराएका केसीलाई भेट्न पौडेल अस्पताल गएका हुन् ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा कास्की पुगेका नेता पौडेलले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगेर जिल्ला सभापति केसीसँग भेट गरेका हुन् । उपचारमा संलग्न वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ,’ उनले भने, ‘अब एक, दुई दिन भित्रमा घर जान सक्नुहुन्छ ।’
केसीलाई अस्पतालमै भेट्नेको लर्को लागेको छ । उपचारका लागि नेताहरु विदेशै जाने परम्परालाई केसीले तोडेको भन्दै धेरैले उनको तारिफ समेत गरेका छन् ।
सभापति केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, राष्ट्रिय सभा सांसद देवी राना, गण्डकी प्रदेशका सांसद दीपक कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्की, गण्डकी प्रदेशका सांसद कृष्ण थापा, गण्डकी प्रदेशकै सांसद मेखलाल श्रेष्ठ, शुक्रराज शर्मा लगायतका थुप्रै नेता तथा कार्यकर्ता र संघ संस्थाका प्रतिनिधिहरु पुगिसकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा, डाक्टर अर्जुन आचार्य पनि केसीको स्वास्थ्य अवस्था बुझ्न पुगेका थिए ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो