पोखरा । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा यहि भदौ २८ गते शनिबार आजायोजना हुने स–फूँ–क्ह्याल्स साँस्कृतिक साँझको सम्पूर्ण तयारी भएको छ ।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका अध्यक्ष सुकबहादुर गुरुङले आपूmहरु कार्यक्रमको अन्तिम चरणमा रहेको भन्दै अब दर्शकहरुको पर्खाइमा रहेको बताए ।
तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धेरै भन्दा धेरै बोन धर्मावलम्बीको सहभागिता जनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
अध्यक्ष सुकबहादुर गुरुङले पहिलो पटक आपूmहरुले यो ऐतिहासिक कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । पोखरा सभागृहमा भदौ २८ गते दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँङगेतिक प्रस्तुति रहने छ भने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आवद्ध करिब ६० जना कलाकारले दर्जन भन्दा बढी गीतमा आफनो प्रस्तुति दिने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका साँस्कृतिक संयोजक विश्वास गुरुङले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । हालसम्म तमू प्ये ल्हु संघ युके मुख्य प्रायोजक र तमू प्ये ल्हु संघ हङकङ सह प्रायोजकको रुपमा सम्झौता भएको छ भने रामकाजी त्होर्जे तमू र श्रीमती शकुन्तला भुच्चा तमू, गुरुङ कटेज घान्द्रुक, डब्लुओटु बलबहादुर टु क्लेप्री तमू, ल्वाङ टी इस्टेट प्रा.लि.ले प्रायोजकको रुपमा सहयोग गरिसकेको छ भने अन्य सहयोग आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम हेर्नका लागि २ सय र ३ सय टिकट तोकिएकोमा हालसम्म ८० प्रतिशत टिकट बिक्री भएको छ भने बाँकी २० प्रतिशत कार्यक्रम स्थलबाट बिक्री गरिने आयोजकले जनाएको छ ।
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष सुकबहादुर तमूको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा प्रचार संयोजक सुरज तमूले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव पवित्रा तमूले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन