पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय प्रहरी साझेदारी कार्यक्रम जलजला गाउपालिका वडा नं. ७ स्थित फर्से धाईरिङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरेको छ । प्रहरी चौकी मिलनचोकको सहकार्यमा त्यहाँका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरेको हो ।
सो सचेतना कार्यक्रममा लागु औषध बिरुद्ध सचेतना तथा नियन्त्रण, बाल यौन दुव्र्यवहार, मानव बेचविखन, बालविवाह ट्राफिक सचेतना, आधारभुत सुरक्षा र डायल १०० जस्ता विषयबस्तुहरु माथि प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले प्रशिक्षण प्रदान गरेका थिए । उपस्थित विद्यार्थीहरुले विद्यालयमा प्रहरीबाट सिकेका कुराहरु घर परिवार समेतमा सिकाई समाजमा सकारात्मक प्रभाव पार्न सकिने बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल, प्रहरी चौकी मिलनचोकका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार के.सी., विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी जवान बसन्त सुनारले गरेको पर्वत प्रहरी सूचना अधिकृत प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

सम्बन्धित खबर
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग
युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’