पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय प्रहरी साझेदारी कार्यक्रम जलजला गाउपालिका वडा नं. ७ स्थित फर्से धाईरिङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरेको छ । प्रहरी चौकी मिलनचोकको सहकार्यमा त्यहाँका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरेको हो ।
सो सचेतना कार्यक्रममा लागु औषध बिरुद्ध सचेतना तथा नियन्त्रण, बाल यौन दुव्र्यवहार, मानव बेचविखन, बालविवाह ट्राफिक सचेतना, आधारभुत सुरक्षा र डायल १०० जस्ता विषयबस्तुहरु माथि प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले प्रशिक्षण प्रदान गरेका थिए । उपस्थित विद्यार्थीहरुले विद्यालयमा प्रहरीबाट सिकेका कुराहरु घर परिवार समेतमा सिकाई समाजमा सकारात्मक प्रभाव पार्न सकिने बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल, प्रहरी चौकी मिलनचोकका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार के.सी., विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी जवान बसन्त सुनारले गरेको पर्वत प्रहरी सूचना अधिकृत प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा