काठमाडौं । ‘को बन्छ करोडपति’का विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ ।ललितपुर स्थित होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।
केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि उनले १ करोड पाएका हुन् ।एपीवान टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा १ करोड जितेपछि सुरुमा राजीब जैनले उक्त रकमले केहि हिस्सा समाजसेवा तथा विश्व भ्रमणमा खर्चिने बताएका थिए ।
रकम बुझेपछि उनले नेपालका धेरै स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको बताए । ‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केहि रकम समाजसेवामा पनि लगाउनेछु’, उनले भने।
यसैगरी चेक हस्तान्तरणको अवसरमा आफ्नो भनाई राख्दै महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको सुनाए । उनले आगामी शो थप भव्य बनाउनका लागी आयोजक एसआरविएन मिडियालाई तयारी थाल्न समेत आग्रह गरे ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्