पोखराको न्यूरोड स्थित साइकल ल्याण्डले दशैं तिहार छुट योजना सार्वजनिक गरेको छ । सामान्य साइकलदेखि लाखौंको माउण्टेन बाइकसम्म विक्री गर्दै आएको साइकल ल्याण्डले आफ्ना विभिन्न मोडलको साइकलमा छुट दिने जनाएको हो । साइकल चढ्दा स्वस्थ हुने त भइहाल्यो, साइकल किन्न खर्च गरेको पैसा असहायको शिक्षाका लागि समेत आफ्नै नामबाट जाने भएकाले धर्म पनि कमाउने मौका मिल्ने भएको छ ।
साइकल ल्याण्ड पोखराका सञ्चालक प्रकाश बज्राचार्यका अनुसारसाइकल खरिद गर्दा दिएको मध्ये १ प्रतिशत रकम आफ्नै नामबाट सिद्धि सेतुली स्मृति प्रतिष्ठानले शिक्षामा दिइने छात्रवृत्ति कोषमा जम्मा हुनेछ । सिद्धि सेतुली प्रतिष्ठानका संरक्षक सदस्य समेत रहेका बज्राचार्यले भने – “आउनोस साईकल चढाँै, बातावरण जोगाऔँ, स्वस्थ्य जीवन बिताऔँ, अनि शिक्षामा कम्तीमा १ जनालाई पढाऔं ।”
उनका अनुसार माउन्टेन बाईक, बच्चाका लागि साइकल, सर्भिसिङ र पार्टस्मा १० प्रतिशत छुट पाईनेछ । यस्तै, गिएर बाइक र ट्राइसाइकलमा १२ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । साइकल ल्याण्डका ग्राहकहरु साइकल किनिसकेपछि पन िसर्भिस सेवामा सन्तुष्ट छन् ।
यो योजना २०७६ साल असोज १ बाट २०७६ साल कार्तिक ३० गते सम्म रहने उनले जनाए । यसका लागि न्युरोड पोखराको ०६१ ५२१३७९ मा सम्पर्क गर्न सकिनेछ ।

https://www.facebook.com/prakash.bajracharya.16/posts/2534089373323993
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो