विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहर पोखराबाट सुरु भएको छ ।
एपीवान एचडीबाट प्रशारण हुँदै आएको छ । पोखरा अडिसन पछि असोज ३ गते बुटलवमा, असोज ६ गते नेपालगञ्जमा, असोज १० गते वीरगन्ज, १४ गते विर्तामोडमा हुने आयोजकले बताएका छन् । कात्तिक ६ गते काठमाण्डौंमा अडिसन भए संगै अडिसनको कार्यक्रम सकिने छ ।
१६ वर्ष देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउँने नियम अनुसार युवायुवती अडिसनका लागि सहभागी हुन आएका थिए । कार्यक्रमलाई अझ राम्रो बनाउदै लैजाने कार्यक्रमका निर्देशक लोकेश ब्रजार्चायले बताए ।
पोखराको सिमलचौर स्थित जनप्रिय माविमा मंगलबार भएको अडिसनमा सहभागी लिन आएका गण्डकी प्रदेशका युवाहरुले अडिसन अघि सडक, पसल र चोकमा गिटार बजाएर गित गाउँदा पोखरा संगीतमय बनेको थियो । उनीहरुलाई उत्साह थपगर्न नेपाल आइडल सिजन २ मा दोस्रो हुन सफल विक्रम बराल पनि अडिसन स्थलमा आएका थिए ।
उनले सहभागीलाई ढुक्क भएर गाउन सुझाब दिए । झरिमा भिज्दै पनि अडिसन दिनका लागि करिब ५ सय जना आएका थिए । नेपाल आइडल सिजन थ्री को निर्णयकमा संगीतकार न्यह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाल बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
नेपाल आइडल सिजन थ्री मा विश्वविख्यात ब्रान्ड कोकाकोला मुख्य प्रायोजक रहेको छ भने सह प्रायोजन एनआइसि एसिया बैंकले गरेको छ । त्यसै गरि चर्चित अन्तराष्ट्रिय पेन्ट्स बर्जर नेपाल आइडलमा अनुबन्धित भएको छ । यसैगरी सिद्ध बाबा रिफाइन्ड आयल र बाल्ट्रा होम अप्लायन्स र बजार ब्यबस्थापनको जिम्मेवारी भने टेलिजेन्ज प्रा.लि ले लिएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु