पोखरा । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार तीन खेल भएका छन् ।
पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिन प्रसाद गुरुङ लगायत सहभागी थिए । निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरि प्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे मुख्यमन्त्री कार्यलायका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।
त्यस्तै दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजित गरेको छ । २–० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो । तेस्रो खेल पत्रकार र कर्मचारीविच भएको थियो । यो खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भयो । फाइनल खेल विहिबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमवीच हुनेछ । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाइ भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । संविधान दिवसको अवसर पारेर प्रदेश सभाले विभिन्न कार्यक्रम गरिरहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो