पोखरा ।महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा बुधबारदेखि मोबाइल मेला हने भएको छ । नजिकिदै गरेका चाडपर्वको अवसरमा असोज ८ गतेदेखि कार्तिक १७ गते सम्म मेला हुने पोखरा मोबाइल टावर प्रालिले जनाएको छ ।
विजया दशमीको पावन अवसरमा सांगितिक तथा सांस्कृतिक कार्यक्रम समेत गरी मोबाइल एक्सपो तथा मोबाइल मेला आयोजना गर्न लागेको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
आयोजकले मेलामा सामान खरिद गर्ने मध्ये भाग्यशाली ग्राहकलाई उपहार समेत प्रदान गर्ने भएको छ । उपहार तर्फ प्रत्येक दिन एक जनालाई भित्ते घडी, प्रत्येक हप्ता एक जनालाई १ थान राईस कुकर प्रदान गरिने मोबाइल टावरका अध्यक्ष उदय केसीले जानकारी दिए ।
उनका अनुसार पहिलो पुरस्कार १ जनालाई १६ लिटरको फ्रिज प्रदान गरिने अध्यक्ष केसीले बताए। साथै द्धितिय पुरस्कार २४ इन्चको टिभि १ जनालाई, तेस्रो पुरस्कार जुस मिक्सर १ जनालाई प्रदान गर्ने भएको छ ।
यस्तै चौंथो र पाचौँ पुरस्कार एकरएक जनालाई राइस कुकर र प्रेसर कुकर रहेको छ । आयोजकले मेला अवधिभर सामान किन्ने ग्राहकहरुलाई निशुल्क खाजाको समेत व्यवस्था गरेको छ । पोखरा मोबाइल टावरले मोबाइल खरिद गर्दा मोवाइल इन्स्योरेन्स समेत गरिने अध्यक्ष केसीले जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन