काठमाडौं – संगीत तथा नृत्य विद्यालय साधना कला केन्द र लाइब नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रमको आयोजना हुन लागेको हो । तीन दशकदेखि निरन्तर अभिनय क्षेत्रमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको हो ।
आयोजकका अनुसार कार्यक्रम यही असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । आयोजकले यस्तो खाले कार्यक्रम नेपालमै पहिलोपटक हुन लागेको जनाएको छ ।
कार्यक्रममा अभिनेता हमालले अभिनय गरेका चलचित्रका गीतहरु प्रस्तुत गरिनेछ भने भारतमा समेत ख्याती कमाएकी साधना सरगमसमेत कार्यक्रममा उपस्थिति जनाउन नेपाल आउनेछिन् ।
यस्तै कार्यक्रममा सहभागी हुन अर्का गायक इन्द्रजीत मिजार पनि नेपाल आउने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । साधना सरगम र इन्द्रजीत मिजारले थुप्रै नेपाली गीतमा समेत स्वर दिएका छन् ।
साथै कार्यक्रममा नेपालका प्रसिद्ध गायकगायिका प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रवि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला विष्ट र हास्य कलाकार सन्दिप क्षेत्री आदिको समेत प्रस्तुति रहने जनाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन