म्याग्दी । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।
शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ ।
बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन । खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटमा स्थायीरुपमा बस्ने दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ । -रासस
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग