काठमाडौं । गण्डकी प्रदेशकी अरुणा शाहीले नेपाली राष्ट्रिय महिला भलिबलको कप्तानी गर्ने अवसर पाएकी छिन् । नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जानु अघि नेपालले कप्तानको तय गरेको हो । नेपाली टिम बुधबार थाइल्याण्ड जाने छन् ।नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा एभिसी सेन्ट्रल जोनको तयारी गर्न नेपाली टिम थाइल्याण्ड जान लागेका हुन् ।
अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् । सागमा पनि अरुणाले नै नेपालको कप्तानी गर्ने सम्भावना रहेको छ ।
कप्तान र उप–कप्तान मात्रै टिम बाहिर नभई केही स्टार खेलाडीहरुनै टिम बाहिर रहेपछि नेपाली भलिबल वृत्तमा मात्रै नै नभई समग्र नेपाली खेलकुद नै तरङ्गित बन्न पुग्यो । नियमित कप्तान विनिता भने यस पटक राष्ट्रिय टिमको प्रारम्भिक चरणमै परेकी थिइनन् । विनिता हाल बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् । केही खेलाडीहरुले विनिता र मन्जु गुरुङलाई आसन्न साफ गेम्ससम्म राखेर स–सम्मान बिदाई गरिनुपर्ने धारणा राखे । केहीले भलिबलमा यति लामो समय गरेको योगदानलाई कदर गर्न नसकेको भन्दै खेलेर केही नहुने अड्कल समेत काटे । नेपाल भलिबल संघले कप्तान विनिता र उपकप्तान मन्जुलाई स–सम्मान बिदाई गर्ने बताएका छन् ।

अरुणा गण्डकी प्रदेशकी मात्रै नभई नेपाली राष्ट्रिय टोलीकी भरपर्दी खेलाडी हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् । उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । अरुणा सिनियरको आधारमा पनि कप्तान बन्ने बलियो सम्भावना छ ।
प्रारम्भिक टोलीः
प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – पुलिस
सोफिया पुन – आर्मी
कविता भट्ट – एपीएफ
निरुता ठगुन्ना – आर्मी
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
संगम महतो – आर्मी
ममता डगौरा – गण्डकी प्रदेश
लक्ष्मी कुमाल – गण्डकी प्रदेश
पुष्पा शाही – कर्णाली प्रदेश
आरती सुवेदी – प्रदेश ३
चन्द्रकला खरेल – पुलिस
सरस्वती कट्टेल – प्रदेश ५
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस
यामकली कुँवर – गण्डकी प्रदेश
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला