पोखरा । प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् ।
त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना छन् । पछिल्ला महिनाहरुमा पोखरामा जुवातास खेल्नेहरु बढिरहेका छन् । पक्राउ परेका अधिकांश पेसेवार रहेको प्रहरीले जनाएको छ । यो अवधीमा २० लाख ३६ हजार नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार र आईतबार मात्रै साढे ७ लाख नगद सहित ३२ जुवाडे पक्राउ परेका छन् । सबैभन्दा धेरै असोज महिनामा नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । असोजमा ८ लाख ९५ हजार नगद बरामद भएको छ भने भदौमा ५ लाख ५९ हजार र साउनमा ५ लाख ८१ हजार बरामद भएको कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
असोजमा ६८ वटा जुवातासको मुद्धा दर्ता भएको छ भने ७० जना पक्राउ परेका छन् । यस्तै, भदौमा ११ मुद्धामा ७८ जना कारबाहीमा परेको तथ्यांक छ । साउनमा १२ वटा मुद्धाबाट ८४ जनालाई कारबाही गरिएको छ । कास्की प्रहरीले आइतबार राती मात्रै पोेखरा १८ बाट ६ लाख १० हजार नगद सहित १५ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु