पोखरा । पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारणसभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टान पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरे ।
अन्नपुर्णपोष्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्पे्रषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट पथप्रदशक सुनीता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेको प्रमुख नापी अधिकृत खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नयाँ पदमार्गको खोजी गर्नु पर्ने बताए । उनले हिमाली क्षेत्र तर्फमा मात्रै हैन दक्षिण तर्फ सास्कृतीक पदमार्गको विकास गर्नु पर्ने बताए । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुबेदीले धौलागीरि हिमाल क्षेत्रका पदमार्ग जोखिम पुर्ण भएको बताउदै त्यस क्षेत्रमा जादा पथप्रर्दशक अनिवार्य लैजानु पर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेल, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष गमबहादुर पुन, टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका पुर्व अध्यक्ष बसन्त दवाडी, अध्यक्ष हरि भुजेल, उपाध्यक्ष सुशिल पौडेल, सचिब जिवन सापकोटा लगाएतले नेपालमा ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउने भए पनि पदमार्ग मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले राज्यले सडक लगेपनि पदमार्गका लागि बैकल्पीक मार्गको समेत खोजी गर्नु पर्ने बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो