तनहुँ । नेष्डो र रोट्रयाक्ट क्लबले सामुदायिक विद्यालयलाई खानेपानी धारा बनाईदिएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मुख्य सहयोगमा जनता आधारभुत विद्यालयलाई खानेपानी ट्याङ्की सहित धारा निर्माण गरिएको हो ।
रोट्रयाक्ट क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा र रोट्रयाक्ट क्लब अफ लिबर्टी कलेजको संयुक्त प्रयासमा उक्त धारा संगै पानीट्याङ्की र पानी शुद्धीकरण मेसिन विद्यालयलाई प्रदान गरिएको हो । व्यास-१० स्थित आहालेचौर जनता आधारभूत विद्यालयमा उक्त खानेपानि धारा निर्माण गरि हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउत र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका अध्यक्ष रोभिन पोख्रेलले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि नेष्डो नेपालका कार्यकारी निर्देशक एवं रोटरीयन विश्वप्रकाश प्रसाई रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि प्रसाईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा सहयोग गरेको उनले बताए । सदरमुकामबाट नजिक भएर पनि विद्यालयमा खानेपानीको समस्या भएको सुने पश्चात रोट्रयाक्ट संग मिलेर सहयोग गरेको बताए । युवाहरु सामाजिक क्षेत्रमा लाग्नु धेरै राम्रो भएको समेत उनले बताए ।
कार्यक्रममा रोट्रयाक्ट नेपाल जोन ३ का जेडआरआर शिखरलाल डोटेल, व्यास-१० का वडासदस्य हेमराज पोख्रेल, विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर बराली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर विक लगाएतले बोलेका थिए ।
कार्यक्रमको स्वागत रोट्रयाक्ट क्लब अफ लिबर्टी कलेजका निवर्तमान अध्यक्ष बिनय महर्जनले गरेका थिए भने कार्यक्रमको संचालन रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी सचिव सुष्मा प्रसाईले गरेकी थिइन ।
त्यस्तै नेष्डो समृद्ध लघुवित्त वित्तीय लिमिटेडले विद्यार्थीहरु लाई सरसफाईका सामग्रीहरु वितरण गरेको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन