तनहुँ । नेष्डो र रोट्रयाक्ट क्लबले सामुदायिक विद्यालयलाई खानेपानी धारा बनाईदिएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मुख्य सहयोगमा जनता आधारभुत विद्यालयलाई खानेपानी ट्याङ्की सहित धारा निर्माण गरिएको हो ।
रोट्रयाक्ट क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा र रोट्रयाक्ट क्लब अफ लिबर्टी कलेजको संयुक्त प्रयासमा उक्त धारा संगै पानीट्याङ्की र पानी शुद्धीकरण मेसिन विद्यालयलाई प्रदान गरिएको हो । व्यास-१० स्थित आहालेचौर जनता आधारभूत विद्यालयमा उक्त खानेपानि धारा निर्माण गरि हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउत र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका अध्यक्ष रोभिन पोख्रेलले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि नेष्डो नेपालका कार्यकारी निर्देशक एवं रोटरीयन विश्वप्रकाश प्रसाई रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि प्रसाईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा सहयोग गरेको उनले बताए । सदरमुकामबाट नजिक भएर पनि विद्यालयमा खानेपानीको समस्या भएको सुने पश्चात रोट्रयाक्ट संग मिलेर सहयोग गरेको बताए । युवाहरु सामाजिक क्षेत्रमा लाग्नु धेरै राम्रो भएको समेत उनले बताए ।
कार्यक्रममा रोट्रयाक्ट नेपाल जोन ३ का जेडआरआर शिखरलाल डोटेल, व्यास-१० का वडासदस्य हेमराज पोख्रेल, विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर बराली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर विक लगाएतले बोलेका थिए ।
कार्यक्रमको स्वागत रोट्रयाक्ट क्लब अफ लिबर्टी कलेजका निवर्तमान अध्यक्ष बिनय महर्जनले गरेका थिए भने कार्यक्रमको संचालन रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी सचिव सुष्मा प्रसाईले गरेकी थिइन ।
त्यस्तै नेष्डो समृद्ध लघुवित्त वित्तीय लिमिटेडले विद्यार्थीहरु लाई सरसफाईका सामग्रीहरु वितरण गरेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’