पोखरा- पोखराको लेकसाइडमा अत्याधुनिक सामाग्रीहरुसहितको नयाँ जिमहल पोखरामा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिमहल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको भएको यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने स्थान पनि हो । र, यहाँ एउटा अन्तराष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ संचालक मध्येका एक वैभव पौडेलले पत्रकार सम्मेलनमा भने ।
साउनाबाथ, स्टिम बाथ, हट वाटर शावर सँगै कफिशप र खुला पार्किङ यो जिमहलको विशेषता हुन् । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।
लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र संचालनमा आएको जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाममेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकताअनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्यथुप्रै फिटनेश प्रशिक्षण पनिदिने व्यवस्था गरेका छौँ ।’ जिममा मूख्य प्रशिक्षक समेत रहेका संचालक केशव उदासले भने ।
करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जिमहलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ । पत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिमहलसँग एशोसियट हुन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।
बब्स् जिमको आधिकारिक उद्घाटन भने कात्तिक ९ गते शनिबार हुने संचालकहरुले बताएका छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिमहलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’