पोखरा । मेरो नेपाल युवा क्लबले आयोजनामा पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरी खेल मैदानमा जारी पाँचौ मेरो नेपाल सेभेन ए साइड फुटबलमा सेमिफाइनल समिकरण पूरा भएको छ ।
अन्तिम चारमा आयोजक मेरो नेपाल निलो, एलजी एसोसिएसन, चाउथे बि र संगम फुटबल क्लब पुगेका छन् ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक मेरो नेपाल निलोले आर.के.टि.एफसीलाई ३–१ गोलले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । आयोजक निलोको जितमा प्रज्वल गुरुङले दुई तथा हरि गुरुङले एक गोल गरे भने आर.के.टि. को लागि साहिल गुरुङले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजक निलोका प्रज्वल गुरुङ घोषित भए ।
त्यस्तै, एलजी एसोसिएसनले मिलनटोललाइ टाइब्रेकरमा २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दि म्याच एलजीका आकाश रानाभाट घोषित भए ।
त्यस्तै, चाउथे बि ले शिवमार्ग एफसीलाइ ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको छ । चाउथेको जितमा अजित गुरुङले ह्याट्रिक गरे भने हेमन गुरुङ र उत्तम गुरुङले समान एक एक गोल गरे । शिवमार्गको लागि विकास ओझाले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच अजित गुरुङ घोषित भए ।
शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेल माटेपानी फुटबल क्लब र संगम फुटबल क्लब बिच भएको थियो । उक्त प्रतियोगितामा टाइब्रेकरमा पुरेर ५– ४ गोलले जित हात पार्दै संगम सेमिफाइनलमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको तर्फबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगको हो ।
प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक मेरो नेपाल निलो र एलजी एसोसिएसन र दोस्रो सेमिफाइनल खेल चाउथे बि र संगम फुटबल क्लब बिच हुने क्लबका प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानरकारी दिए । सेमिफाइनलसंगै फाइनल खेल पनि शनिबार नै हुने कार्याक्रम संयोजक एकेन्द्र कुवँरले जानकारी दिए । क्लबले सार्वजानिक व्यायामशाला निमार्ण गर्ने दिवश कुँवरले बताए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ