काठमाडौं– पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो ।
हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादक रहेका उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे ।
प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सो पुरस्कारबाट सम्मानित हुनुहुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष