पोखरा – मिराकल इन्स्टिच्युट प्रालि १० बर्ष पुरा भई ११ औं वर्षमा प्रवेश गरेको छ । पोखराको चिप्लेढुंगामा बाट सेवा दिँदै आएको उक्त संस्थाले मंगलबार वार्षिकोत्सवकै अवसरमा छोरेपाटन पोखरामा रहेको मानवसेवा आश्रममा युरोगार्ड, सरसफाईका सामग्रीहरु, जलपान साथै विद्यार्थी, अभिभाबक, शुभेच्छुकबीच शुभकामना आदान प्रदान गराएको संस्थाका एकेडेमिक काउन्सिलर अनन्त भन्डारीले बताए ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी वैदेशिक अध्ययनको पहुँचलाई सरल र सहज बनाउन आवश्यक सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले २०६६ मंसिर ३ गते पोखराको गैह्रापाटनमा मिराकल इन्स्टिच्युट प्रालि ले अमेरिकासँगसँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण तयारी जस्तै अँग्रेजी सिप एवं दक्षता परीक्षण (आयल्स, टोफेल, एसएटि)का तयारी कक्षाहरु, जापानीज भाषाको शिक्षण कक्षाहरु एवं विद्यार्थीलाई विषय, तह, शिक्षण संस्था छनौट र प्रवेशका लागि आवश्यक सम्पूर्ण पूर्व तयारी एवं परामर्श सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक अध्ययनको परामर्श एवं डकुमेन्टेसनको लागि शिक्षा मन्त्रालयबाट रजिष्टर्ड उच्च योग्यता र अनुभवी एवं फरकफरक राष्ट्रको लागि परामर्शको विभिन्न कोर्ष जस्तै आइसिइएसले अमेरिकाको लागि युएसएटिसी, क्यानडाको लागि सिसिजी, अष्टेलियाको क्युइएसी रजिष्टर्ड विज्ञहरुबाट परामर्श सेवा प्रदान गरिरहेको छ ।

१ सय ५० भन्दा बढी विदेशी शिक्षण संस्थाहरुसँग सिधा सम्पर्कमा रही पोखरालाई आफ्नो मूख्य सेवा क्षेत्र बनाई सेवा प्रवाह गर्दै हालसम्म नेपालका हजारौं विद्यार्थीहरु लाभान्वित भएका सस्थाका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो