पोखराको फुटबल रंगशाला निर्माणको क्रममा छ । प्यारापिट जडान कार्य सुरु भएको छ । मुख्य चिन्ताको विषय खेल मैदान हो । महिला फुटबल यही मैदानमा गरिने तय भएको छ । मैदानमा कोलकत्ताबाट ल्याइएको बर्मुडा दुबो(चपरी) लगाइएकोमा झण्डै एक तिहाई त कामै नलाग्ने गरी मरे । असोज ९ गते पहिलो चरणको दुबो पोखरा रंगशाला आईपुगेको थियो । पटक पटक गरी झण्डै ८६ हजार स्क्वायर फिट दुबो मैदानमा विछ्याईसकिएकोमा केही दुबो मरे ।

मरेको दुबो उखेलेर नयाँ राख्ने काम सुरु भएको छ । बिहीबार बिहानैदेखि नेपाल पुलिसको सहयोगमा दुबो लगाउन सुरु गरिएको हो । नयाँ दुबो सर्न अझै समय लाग्छ । एक महिना अघि आएको दुबो हरियो भईसकेको छ । कोलकत्ताबाटै दुबोको लागि प्राविधिक टोली एकमहिनादेखि नै पोखरा रंगशाला फुटबल मैदानमा खटिदैं आएका छन् ।

भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘दुबो आईसकेपछि मेशिनले काटेर रोलर प्रयोग गरेर पानी र मल छर्दै केही दिनमै हरियो बनाउनेछौं ।’

दुबोको लागि यसअघि नै ढुवानीसहित ६३ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले फेर्नुपर्ने दुवोमा फेरि खर्च भएको छ । कम्पनीले फुटबल मैदानको निर्माण कार्य गत गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो ।






तस्विरः सुदर्शन रञ्जित/राधिका कँडेल
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो