मंसिर – तनहुँको बन्दीपुर गाउँपालिकास्थित टुँडिखेलमा सिसाको ‘दृश्य स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो ।
बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाका अध्यक्ष थापाले पर्यटनका लागि यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरिएको दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइनेछ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त दृश्यावलोकन स्तम्भको हाल डीपीआर निर्माण भइरहेको छ । एक हप्ताभित्र डिपिआरको काम सकिने र टेन्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए ।
बन्दीपुरमा प्रत्येक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले दृश्यावलोकन स्तम्भ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने अनुमान गरिएको बताए ।
यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै रहेका छन् । जाडो मौसम शुरु भएसँगै यतिबेला बन्दीपुरमा पर्यटकको भीड लागेको छ । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन् ।
बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ ।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे« धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’