पोखरा । गण्डकी प्रदेशमा आउँदो मङ्सिर २० गतेबाट प्रशोधित पिउने पानीको नयाँ मूल्य लागू हुने भएको छ । नेपाल बोत्तल वाटर उद्योग संघको प्रदेश कमिटि र उपभोक्ता वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बीच पिउने पानीको मूल्य घटाउने सहमति भएको हो ।
पानीको मूल्यको विषयमा आवाज उठे पछि निर्देशनालयले उद्योगीसँग मूल्य समायोजनका लागि छलफल गरेको थियो । नयाँ मूल्य अनुसार बोत्तलको पानीमा रु ९ र जारको पानीमा रु १० घटाइएको नेपाल बोत्तल वाटर उद्योग संघ गण्डकीका प्रथम उपाध्यक्ष लेख बहादुर प्रधानले जानकारी दिए । अहिले बोत्तलको पानीको मूल्य रु २५ र जारको पानीको मूल्य ६० रहेको छ ।
अब नयाँ मूल्य अनुसार बोत्तलको पानी रु १६ मा पाइने छ भने जारको रु ५० पर्नेछ । व्यवसायीले बजारमा वितरण गर्ने प्रशोधित पानीमा खुद्रा व्यापारीले मनपरी मूल्य निर्धारण गर्दा उपभोक्तालाई प्रत्यक्ष असर पारेको भन्दै आलोचना भइरहेको थियो । मङ्सिर २० पछि तोकिएकोे भन्दा बढी मूल्यमा पानीको विक्री गरे कालोबजारी अपराध ऐन २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु