गिता राना मगर – युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य प्रायोजकको भुमिकामा रही साथ दिने भएको हो । विहीबार हिमश्री फुड्स प्रालिका प्रवन्धक अमित थापा र दशौ पोखरा महोत्सवका प्रायोजक ब्यवस्थापन उपसमितिका संयोजक लिला बहादुर जिसी विच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्धक अमित थापाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवलाई विगतका दिनहरुमा पनि हिमश्री फुड्स प्रालिले विभिन्न भुमिकामा रही सहयोग गर्दै आइरहेको र यो पटक मुख्य भुमिकामा रहन पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा हिमश्रीले समेत युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
यसैविच पोखरा महोत्सवलाई बैकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैङक, इन्सुरेन्समा सिद्धार्थ र बाल उद्यानमा कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिको साथ दिने भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
महोत्सवलाई सभ्य र सभ्य रुपमा सफल पार्नका लागी बैकिङ पार्टनरका लागी ग्रीन डेभलपमेन्ट बैङक प्रालिका वरिष्ठ प्रवन्धक हरि बहादुर बुढाथोकी र महोत्सव मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एकले अर्कोलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । त्यसैगरी विमा पार्टनरमा सिद्धार्थ इन्सुरेन्स प्रालि बुद्धचोक शाखाका प्रमुख कमल बहादुर हमाल र विमा ब्यवस्थापन उपसमिति संयोजक चन्द्र कुमारी पराजुली बीच सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ ।
महोत्सवमा वाल उद्यान सञ्चालनका लागि कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिले सहयोग गर्ने भएको छ । महोत्सव वाल उद्यान समिति ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्की र कालिका अल नेपाल फेयर एण्ड एक्जिविशन प्रालिका प्रोप्राइटर विनोद कुमार जिसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पुस २९ देखी माघ १२ सम्म पोखराको अमरसिंंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९५ प्रतिशत स्टल बुकिङ सम्पन्न भइसकेको र केही दिनमा सम्पूर्ण स्टल बुकिङ हुने महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन संयोजक गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
युनाईटेड क्लवले विगत १० वर्षदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि यो क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो