पुष ११ / युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
पोखरा रंगशालामा आजदेखि शुरु भएको २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिए ।
सो अवसरमा मन्त्री केसीले नेपाल भलिबल संघका सल्लाहकार तथा मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रेमप्रसाद तुलाचन र भलिबल खेलाडी नवीनकुमार गुरुङलाई सम्मान गरे ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् ।

आज बिहान भएको खेलमा पुरुषतर्फ नेपाल आर्मीले पूर्वाञ्चललाई २५-२०, २५-१९, २५-२४ र दोस्रो खेलमा सशस्त्र प्रहरीले सुदूरपश्चिमाञ्चललाई २५-१२, २५-१७ र २५-१४ ले पराजित गरेका थिए ।
यस्तै महिलातर्फ सशस्त्र प्रहरीले पूर्वाञ्चललाई २५-२, २५-४, २५-७ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५÷७, २५÷११ र २५÷१७ ले पराजित गरेका थिए । प्रतियोगिता यही पुस १५ गतेसम्म चल्नेछ ।
RSS
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला