शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा झडप भएको छ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामै झडप भएको हो । सोमबार एक–अर्काविरुद्धको खेलका लागि मैदान उत्रिएका दुवै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो ।
दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ । अहिले नेपाल फुटबल संघको समन्वयमा दुवै टोलीका खेलाडीबीच विवाद मिलाउने काम भइरहेको छ ।
https://www.facebook.com/goalnepalofficial/videos/2516145655366328/
खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए । ए डिभिजन लिगको उपाधी दाबेदार मानिएका मनाङ र मच्छिन्द्रबीचको सोमबारको खेल भने २–२ को बराबरीमा सकिएको छ । दुवै टोलीले खेलको निर्धारित समयसम्म २–२ गोल गर्न सके । मनाङका लागि फेमी जोसुवा र विमल रानाले १–१ गोल गरे भने मच्छिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले १–१ गोल गरे ।
सम्बन्धित खबर
लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने
कालिका माविलाई छात्रा क्रिकेटको उपाधी
पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग