चीनसहित विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको खोपको आविष्कारमा लागेका छन्। तीमध्येकी एक हुन् स्कटल्यान्डकी वैज्ञानिक डा. केट ब्रोडरिक। इबोला, जीका जस्ता भयानक रोगविरुद्ध औषधि बनाउन सफल डा. केट घातक कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा जुटेकी छिन्।
अहिले उनी फेरि कोरोना भाइरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन्। उनले खोप तयार गरिसकेकी छिन्। मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भाइरसबाट बच्न खोप बनाउँदैछु।’
द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन्। ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन्।
डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन्। अनुसन्धानका लागि उनको एउटा टोली छ।उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं।’ दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन्।चिनियाँ अधिकारीले कोरोना भाइरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन्।
उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो। डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु